बाल अधिकारकर्मी तिल बहादुर कार्की सम्मानित

बाल अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै राष्टिय नागरिक बिकास समाजले आयोजना गरेको बिशेष कार्यक्रममा बालअधिकारकर्मी तिल बहादुर कार्की लाई महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सम्मान गरेकी छिन । बाल अधिकारकर्मी तिल बहादुर कार्की आफू अशक्त हुँदा हुदै पनि ४५ जना बालबालीकाहरुलाई पालन पोषण तथा शिक्षा दिदै आएका छन ।

उर्जाशिल र आँटिला कार्की बास्तबिक समाज सेबी हुन । समाज रुपान्तरणका लागी उनले आफनो ठाउँबाट ठूलो भूमिका खेल्दै आएका छन । उनलाई अहिले नशा सम्वन्धी रोग छ । केहि समय अघि उनि हस्पिटलमा भर्ना भएर उपचार गराइ घर फर्किएका छन । उपचार पछि अहिले बिभिन्न कार्यक्रममा सक्रिय हदै आएका छन ।

त्यस्तै सम्मान हुनेमा शिक्षा सेबी डिएन अधिकारी , भिम बहादुर मल्ल , युवा अभियान्ता दीपक कार्की , समाज सेबी दुर्गा दाहाल , सोनु माता , राजेश्वरी श्रेष्ठ, लगायत दुइ दर्जन भन्दा बढि सम्मानित भएका थिए । उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष महेशजंग कुंवरले गरेका थिए ।

(प्रकाशित : २०७५ भाद्र २३/आयो खबर) 

तिल बहादुर कार्कीको आफ्नै पीडा : ‘लकडाउनमा हामी लाचार भयौं’

चैत १३, २०७६

कोरोना भाइरसका कारण विश्व यतिबेला संकटमा छ । कोरोनाको रोकथम र नियन्त्रणका लागि हरेक देशको सरकारले उचित कदम चालेका छन् । तर पनि त्यसको असर प्रत्यक्ष मानिसको दैनिकीमा परिरहेको छ ।

नेपालको सन्दर्भमा मंगलबार बिहान ६ बजेबाट ‘लकडाउन’ लागू गरिएको छ । विश्वका सबै देशका सरकारहरूका साथै अन्तर्राष्ट्रिय संघ संगठनहरूले कोरोनाभाइरस संक्रमणबाट नागरिक बचाउन सहायता प्याकेज सार्वजनिक गरिरहेका छन् ।

एकातर्फ कारोनाको त्रास अर्कोतर्फ खाद्ययान्नको अभाव । कोरोनाको संक्रमणभन्दा पनि भोकभोकै मरिन्छ भन्ने सोच्न थालका छन्, तिल बहादुर कार्की ।

१२ वर्षदेखि अनाथ तथा अपाङ्ग बालबालिकाहरू अभिभावक बनिरहेका कार्की संकटको समयमा लाचार भएका छन् । काठमाडौं कपनमा ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ सञ्चालन गरिरहेका उनी यस्ता पात्र हुन् जो आफैँ फरक क्षमताको भइकन पनि ५० जनाभन्दा बढी बलबालिकाहरूको सहारा बनिरहेका छन् ।

मानौं लकडाउनको सबैभन्दा धेरै असर उनलाई नै परेको छ । उनी भन्छन्– ‘कोरोनाको कारण त खान नै पाइदैन जस्तो छ ।’ दुई दिनदेखि केन्द्रमा जाउलो मात्रै बनेको उनले सुनाए ।

‘कही कतै जान पाइनन् रहेछ हामी त भोकभोकै मर्छै होला,’ त्यसअघि उनले भने– ‘नानीहरूलाई अब के खुवाएर राख्ने ?’

केन्द्रमा द्वन्द पीडितदेखि भूकम्प पीडितसम्मका बालबालिकाहरू रहेको उनले बताए । दयनिय अबस्थामा आश्रित ती बालबालिकाहरूको कोरोनाको संक्रमण र लकडाउनका कारण थप कठिन बन्दै गएको छ ।

केन्द्रमा पछल्लो दिनहरूमा दाल चामलको पनि अभाव हुँदै गएको उनले बताए । केही दताहरूले सहयोगको लागि बोलाएको भएपनि लकडाउनका कारणबीच बाटोबाट फर्कनुपरेको उनको भनाई छ । उनले भने– ‘बाटोमा ट्राफिकले फर्काइदिनु भयो, यता पसलमा कसैले पनि उदारो दिदैनन् ।’

यस्तो अवस्था पनि उनले सरकारको आलेचना भने गरेनन् तर संकटको बेलामा नागरिकको जिम्मेवारी राज्यको रहेको भन्दै सरकारसँग सहयोगको लागि अपिल भने उनले गरे । ‘हाम्रो अवस्था धेरै नाजुक छ’– कार्कीले थपे ।

(कालिकाखबर डट कमबाट)

Volunteer

Volunteer with the Joint Disabled Unity Awaz Centre and help empower individuals with disabilities. Your time and skills can make a significant impact, providing support, advocacy, and resources to those in need. Join us in fostering inclusion and improving lives.

Donate Now

The Joint Disabled Unity Awaz Centre is dedicated to supporting individuals with disabilities, fostering inclusion and empowerment. Your donation helps provide essential services, advocacy, and resources to improve the quality of life for people with disabilities. Donate now to make a difference!

Please enable JavaScript in your browser to complete this form.